घोराही, २२ पुस । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा अध्ययनरत कक्षा १० का छात्र नारायणसिंङ पुनले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान गरेका छन् ।

विद्यालयमा पुस्तकालय निर्माण कार्यलाई आफ्नो तर्फबाट सहयोग पुर्‍याउने तथा जन्मदिनलाई सिर्जनात्मकरुपमा मनाउनका लागि आफुले पुस्तक प्रदान गरेको उनले बताएका छन् । २०६१ पुस २१ गते जन्मेका छात्र पुनले विद्यालयका प्रिन्सिपल केशबराज गिरीलाई विभिन्न विधाका ४ ओटा पुस्तकहरु प्रदान गर्दै सबै विद्यार्थीहरुलाई जन्मदिनको अवसरमा कम्तिमा १ प्रति पुस्तक विद्यालयलाई प्रदान गरि सिर्जनात्मक तरिकाले जन्मदिन मनाउन आग्रह गरेका छन् । सो अवसरमा विद्यालयका प्रिन्सिपल केशबराज गिरीले छात्र पुनलाई जन्मदिनको शुभकामना दिदैं अन्य विद्यार्थीहरुले पनि यस कार्यको अनुशरण गरी जन्मदिन मनाउनु पर्ने बताउनुभयो ।

स्मरण रहोस उक्त विद्यालयमा यस कार्यको थालनी विद्यालयका भाइस प्रिन्सिपल महेश बस्नेत र शिक्षिका एलिजा केसीले आफ्नी छोरी हिमानी बस्नेतको जन्मदिनमा पुस १२ गते गर्नु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस