घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले नगरका ४० वटा विद्यालयलाई कुसन र म्याट प्रदान गरेको छ । बाल विकास अर्थात शिशु कक्षा सञ्चालन भएका ती ४० वटा विद्यालयलाई प्रति बिद्यालय २५ थान कुसन र साढे ३७ मिटर म्याट प्रदान गरिएको हो ।

आज महाशाखाका संयोजक भरत आर्याल, महाशाखा प्रमुख श्रीप्रसाद भटराई, शाखा अधिकृत नारायण पौडेल र बिपना बर्तौलाले प्राबि करौटी डाँडाँ र सरस्वती माबि काठेकोलका प्रधानाध्यापकलाई उक्त सामाग्रिहरु हस्तान्तरण गरेर बितरणको सुरुवात गर्नुभएको हो ।

विद्यार्थी संख्या, भुगोल र अबस्था हेरेर छनोट भएका ४० बिद्यालयलाई कुसन र म्याट वितरण गरिएको शाखा प्रमुख भटराईले जानकारी दिनुभयो ।

भुईमा बसेर पढ्दा सजिलो होस भन्ने उदेश्यले सामाग्रिहरु प्रदान गरिएको हो । चालु आर्थिक बर्षको ४ लाख रुपैयाँ बजेटबाट ति विद्यालयहरुलाई कुसन र म्याट खरीद गरि उपलब्ध गराईएको महाशाखाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस