दाङ, २० माघ । घोराही खानेपानी तथा सरसफाई तथा सस्थाको नेतृत्वका लागि नेकपाले उम्मेदवार छनौट गरेको छ । माघ २६ गते हुने निर्बाचनका लागि नेकपाले उम्मेदवार छनौट गरेको हो ।

घोराही खानेपानी तथा सरसफाई निर्बाचन परिचालन समितिका संयोजक राममणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवार छनौट गरेको हो । २६ गते हुने निर्बाचनका लागि अध्यक्ष पदमा गणेशप्रसाद श्रेष्ठ, उपाध्यक्षमा मधुसधन अर्याल, सचिबमा निर्मल गौतम, कोषाध्यक्ष नरबहादुर बुढाथोकीको नाम सिफारिस गरेको संयोजक पाण्डेले जानकारी दिनुभएको छ ।

यस्तै सस्थाको महिला सदस्य पदका लागि बिष्णु कालाथोकी, मनकुमारी पुन, भुमा चौधरी, खुला सदस्यमा दिलिप खनाल र दुर्गा भुषाललाई छनौट गर्ने निर्णय गरेको छ । साथै नेकपाले सबैलाई आफ्ना उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस