घोराही, २५ माघ । घोराही उपमहानगरपालिकाको चौथो नगरसभा अधिबेशनले दुईवटा विधेयक पारित गरेको छ । शुक्रबार भएको चौथो नगरसभा अधिबेशनले घोराही उपमहानगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको बिधेय र आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेय २०७५ पारित गरेको हो ।

नगरको काम कार्वाहीलाई प्रभाबकारी बनाउनका लागि आबस्यक निति नियमलाई पूर्णता दिने क्रममा चौथो नगरसभाबाट ती दुई बिधेयकहरु पारित गरेको हो । विधेयक मस्यौदा समिति संयोजक रमेशकुमार पाण्डेले विपद् जोखिम न्यूनिकरण र आर्थिक कार्यबिधी सम्बन्धी बिधेयक पढेर सुनाउनु भएको थियो । उक्त बिधेयक संशोधन सहित पारित पनि भएको छ । स्थानिय तहहरु सरकारकारुपमा स्थापना भए सँगै आफै कानुन बनाएर कामहरुलाई सहज बनाउने अधिकार पाएपछि उपमहानगरले कार्यबिधी र ऐनहरु बनाउने क्रमलाई जारी राखेको छ । कार्य सम्पादनका क्रममा आबस्यक पर्ने ऐन कानुनहरुलाई पूर्णता दिने क्रममै रहेको उपमहानगरले जनाएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले चालु आर्थिक बर्षमा न्यायीक समितिले गरेका न्याय सम्पादनका कामहरुका बारेमा जानकारी गराउनुभएको थियो । चालु आर्थिक बर्षमा एक सय वटा उजुरी परेकोमा २९ वटा मिलापत्र भएको र ७१ वटा प्रकृयामा रहेको जानकारी दिनुभयो । त्यसैगरी, नगरका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले नगरसभाका सदस्यहरुलाई चालु आर्थिक बर्षमा भैरहेका कामको अबस्थाका बारेमा जानकारी गराउनुभएको छ । उहाँले नगर र वडाका कूल ७ सय ७५ वटा योजना रहेको, ति मध्य ५ सय ८९ वटा सम्झौता भएको र ५५ वटा योजनाको काम सकिएको जानकारी दिनुभयो ।

नगरसभाले वडा नम्बर १५ का सदस्य कृष्णा रानाको संयोजकत्वमा नगर स्तरीय लेखा समिति पनि गठन गरेको छ । समितिको सदस्यहरुमा वडा नम्बर १७ का सदस्य रेमन्ता पुन र १८ नम्बरका सदस्य बुद्धी चौधरी रहनुभएको छ । साथै नगरसभाले नगर प्रमुख नरुलाल चौधरीका आमा झुबिया चौधरी, वडा नम्बर १६ का अध्यक्ष लक्षिनप्रसाद बुढामगर, वडा नम्बर १९ का सदस्य जंगबहादुर रोकाका बुवा मोहनसिंह रोका, वडा नम्बर ११ का सदस्य काली चौधरीका श्रीमान कल्लु चौधरी, वडा नम्बर ११ कै सदस्य विमला गन्धर्वका श्रीमान निमबहादुर गन्धर्व, नगर सहकारी शाखाका प्रमुख प्रेमबहादुर केसीका आमा जानकी केसी र नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीका हजुरआमा गंगादेवी घर्तीको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।

साथै विहिबार घोराही उपमहानगरपालिका ३ मासोट नजिकै भएको सवारी दुर्घटनामा परि गम्भिर घाईते हुनुभएका प्रदेश सभासदस्य उत्तरकुमार वली सहित घाईते सबैको शिघ्र स्वास्थ्यलाभको कामना पनि नगरसभाले गरेको छ । साथै नगरसभाले दुर्घटनामा परि निधन भएकी रुकुममी रमिता शर्मा प्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस