घोराही, २५ माघ । दाङको घोराहीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्युभएको छ । घोराही लमही सडक खण्डको कटुवाखोलामा ना ६ ख १५३३ नम्बरको बसले रा १ ह २४३३ नम्बरको अटोलाई ठक्कर दिदा अटोमा सवार घोराही उपमहानगरपालिका १८ गिठेपानी निबासी ५३ बर्षिया मंगली विकको मृत्युभएको हो ।

बसको ठक्करबाट अटो पल्टीदा गम्भिर घाईते भएकी बिकको उपचारको क्रममा मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि अटोमा सवार अन्य तीन जना घाईते भएका छन् । घाईतेहरु घोराही १८ गिठेपानीका ४ बर्षिया अस्मिता विक, ४० बर्षिय बसन्त थापा र प्युठान स्वर्गद्धारी नगरपालिका कामीचौर बस्ने १९ बर्षिय कला विकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

ठक्कर दिने बस ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस