दाङ, माघ २७ । वसन्त पञ्चमीको अवसरमा बालबालिकालाई अक्षराम्भ गराइएको छ । घोराहीको शान्ति निकेतन विद्यालयले २४ जना विद्यार्थीहरुलाई अक्षराम्भ गराएको छ ।विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको अध्यक्षता एवं प्रबन्ध निर्देशन सुनिल गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पी.जी. कक्षामा भर्ना भएका बालबालिकाहरुलाई टीका, खादाले स्वागत गर्दै अक्षराम्भ गराइएको हो ।
पूर्व प्राथमिक तहलाई मन्टेश्वरी विधिबाट पठनपाठन गराइहेको भन्दै विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले सबैको रोजाइको विद्यालय बनाउने तयारीमा आफूहरु रहेको बताउने भयो । आगामी शैक्षिक शत्रदेखि अधारभूत तहका कक्षाहरुलाई प्रविधिमैत्री बनाउने तयारीमा रहेको पौडेलको भनाइ थियो ।उक्त अवसरमा कक्षा ७ मा अध्ययन छात्रा एञ्जिला चौधरीलाई पुरस्कृत गरिएको थियो । छात्रा स्वर्गीय शिवा चौधरीको स्मृतिमा परिवारले विद्यालयमा स्थापना गरेको शिवा स्मृति पुरस्कारबाट शैक्षिक शत्र २०७४ को वार्षिक परीक्षामा प्रथम छात्रा एञ्जिलालाई पुरस्कृत गरिएको थियो । २०७० साल मंसिर १४ गतेका दिन सवारी दुर्घटनामा परी शिवाको निधन भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस