घोराही, २७ माघ । श्रीपञ्चमीको अवसर पारेर भ्याली टप इङ्लिस बोर्डिङ स्कुलले सरस्वतीको मूर्ति स्थापना गरेको छ । विद्यालयको प्राङ्गणमा मूर्ति स्थापना गरी सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर शिक्षा शाखा सहायक प्रमुख नारायण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विव्यस अध्यक्ष अधिकारीले आफ्नो र्तफबाट विद्यालयलाई मूर्ति हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यालयले गुणस्तरीय शिक्षा दिन अझ बढी जोड दिनुपर्ने धारणा राख्नुभएको थियो । उक्त अवसरमा विद्यालयको लेखा समिति संयोजक गिरिराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा विभिन्न विधाका उत्कृट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । साथै श्रीपञ्चमीका अवसरमा प्ले ग्रुपमा भर्ना भएका बालबालिकाहरुलाई अक्षराम्भ समेत गराइएको थियो । प्रिन्सिपल लालमणि बस्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णुप्रसाद अधिकारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस