घोराही, २७ माघ । दाङका पुस्तक ब्यबसायीहरुले पुस्तक निती आबश्यक रहेको बताएका छन् । राज्यले पुस्तक निती तयार गरेको भए पनि आबश्यक प्रक्रिया अगाडि बढाउन नसकेको गुनासो गरेका हुन् ।

राष्ट्रिय पुस्तक दिवसका अबसरमा आयोजना भएको पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्ने ब्यबसायीहरुले यस्तो गुनासो गरेका हुन् । पुस्तक प्रकाशन तथा बिक्री बितरणका लागि आबश्यक कानून नहुदा समस्या रहेको भन्दै राज्यलाई तत्काल प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।

नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ जिल्ला शाखा दाङले जिल्लाको पुरानो सर्बोदय पुस्तकालयलाई आइतबार ४७ थान पुस्तक हस्तान्तरण गरेको छ । संघका निबर्तमान अध्यक्ष घनश्याम बरालको नेतृत्वमा पुस्तक हस्तान्तरण गरिएको हो । जिल्लाका विभिन्न पुस्तक ब्यबसायीहरुको सहयोगमा पुस्तकालयलाई ४७ थान पुस्तक हस्तान्तरण गरिएको हो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै सर्बोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमले संघलाई धन्याबाद ज्ञापन गर्नुभएको थियो । सबैको सहयोगमा पुस्तकालय सञ्चलन भएको भन्दै संघको गुणलाई जीबन्त राख्न समेत आग्रह गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस