घोराही, २८ माघ । प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्बाधार मन्त्री बैजनाथ चौधरीले भूकम्प प्रतिरोधी घर बनाउँदा लगानीसँग तुलना नगर्न आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको आयोजना र भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपालको सहयोगमा आज भएको २१औँ भूकम्प सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भूकम्प प्रतिरोधी घर बनाउनु नै जीवन सुरक्षा गर्नु भएको बताउनुभयो ।

भूकम्पले कुनै असर नगर्ने तर मानवले बनाएका संरचनाहरु जोखिममा रहने भन्दै उहाँले अन्य घरहरुभन्दा भूकम्प प्रतिरोधी घर निर्माणमा केही प्रतिशत खर्च बढी आउने बताउनुभयो ।

भुकम्प कति बेला आउछ थाहा नभए पनि हामीले बनाउने संरचनाहरुलाई भुकम्प प्रतिरोधी बनाउन भने अनिवार्य आबस्यक रहेकोमा मन्त्री चौधरीले जोड दिनुभयो । भुकम्प जतिबेला पनि जान सक्ने भन्दै उहाँले प्रदेश सरकारले भवन निमार्ण संहितलाई कडाईका साथ कार्यान्वयनमा ल्याउन लागेको समेत जानकारी दिनुभयो ।

कानुनीरुपमै नागरिकलाई भुकम्प प्रतिरोधी घर बनाउनका लागि सचेतना सहित सुरक्षित जीवनका बारेमा बुझाईने मन्त्री चौधरीको भनाई छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीले घर निर्माणमा लगानी भन्दा ठूलो कुरा सुरक्षित भएको भन्दै भवन निर्माण संहितालाई जनस्तरबाटै कार्यान्वयनमा अग्रसर हुन अपिल गर्नुभयो ।

नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बिभिन्न समयमा भुकम्पले पुराएको क्षतिका बारेमा जानकारी दिईएको थियो । साथै सुरक्षित भवन निर्माणका बिषयमा प्रर्दशनी समेत गरिएको थियो । दुई वटा नमूना घर बनाई त्यसलाई कम्पन दिएर प्रर्दशनी गरिएको थियो ।

कार्यक्रममा नयाँ प्रविधी अनुसार पुरानो घरलाई प्रवलीकरण गर्न थालिएको विषयमा लक्ष्मण आचार्यले आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमको सहजिरकण प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले गर्नुभएको थियो । कार्यक्रममा उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले नगरमा अहिले सम्म १७ सय ८६ वटा घर भुकम्प प्रतिरोधी बनेको जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा भुकम्प प्रबिधी राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ र समाजका सिभिल इन्जिनियर सोभाराम भटराईले भुकम्प प्रतिरोधी घर निर्माणको आबस्यकता र लगानीका बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस