घोराही, १ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आबस्यक जग्गा प्राप्तीमा सकस भएको छ । प्रतिष्ठान स्थापना भएको लामो समय बिति सक्दा पनि जग्गाको टुंगो लाग्न सकेको छैन ।

जग्गा खोजीका लागि निरन्तर पहल भैरहेपनि टुंगो भने लाग्न सकेको छैन् । प्रतिष्ठान सञ्चालनका लागि अस्पताल भए पनि अन्य गतिबिधीहरु सञ्चालनका लागि ५० बिगाह बढी जग्गाको आबस्यक पर्ने देखिएको छ ।

एकै ठाउँमा ठूलो क्षेत्रफलको जग्गा नभेटिएको र भेटिएपनि सहज ढंगबाट प्रकृया अघि बढ्न नसक्दा टुंगोमा पुग्न नसकिएको प्रतिष्ठानका रिजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानको भवनहरु निर्माणका लागि आबस्यक पर्ने जग्गा कर्जाही, झिङनी र नवलपुरमा हेरिए पनि मन्त्रालयबाट टुंगो लाग्न नसकेको रजिष्टार प्याकुरेलको बताउनुभयो । जग्गा खोजीका लागि रजिष्टार प्याकुरेलको संयोजकत्वमा समिति नै गठन गरिएको छ ।

समितिको बैठकले कर्जाहीमा रहेको ५० बिगाह, झिङनीमा रहेको ३५ विगाह र नवलपुरमा रहेको १४ विगाह जग्गा प्राप्तीका लागि प्रकृयालाई अघि बढाउने निर्णय गरेको छ ।

ति क्षेत्रका जग्गा प्राप्तीका लागि मन्त्रालय सम्म कागजपत्र पुगेको र मन्त्रालयहरुमा थप प्रकृयालाई अघि बढाउन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपाका केन्द्रिय सदस्य निर्मला आचार्य, नेपाली कांग्रेसका विरकेश्वरी गौतम र प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेललाई जिम्मेवारी दिईएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस