तुलसीपुर, १ फागुन । दाङको तुलसीपुरमा बम भनी डिस्पोज गर्न गएको सेनालाई झोलाभित्र कपडा हात लागेको छ । उक्त झोलामा पुराना कपडा फेला परेका छन् ।

१९ नम्बर बाहिनी अड्डा तुलसीपुरबाट प्रमुख सेनानी विष्णु बस्नेतको नेतृत्वमा खटिएको ११ जनाको सेनाको टोलीले बम भनी डिस्पोज गर्ने क्रममा झोलाभित्र सर्ट, ट्राउजर र चप्पल फेला परेको घटना स्थलमा पुगेका सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक असोक न्यौपानेले जानकारी दिनुभयो ।

तुलसीपुरको मदनआश्रीत चोकमा बम जस्तो देखिने संकास्पद वस्तु भएको भन्दै प्रहरीलाई पाँच बजेर ४१ मिनेटमा खबर भएको थियो । लगत्तै प्रहरीले घटना स्थलमा पुगेर कडा सुरक्षाकाबीच झण्डै साढे दुई घन्टासम्म आवतजावत समेत बन्द गरेको थियो ।

आज जनयुद्ध दिवस भएकाले पनि विप्लन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको आशंका प्रहरीले गरेको थियो । सेनाले ७ बजेर ५९ मिनेट जाँदा पहिलो पटक डिस्पोज गर्दा ठूलो आवाजमा पड्कीएको थियो । बम राखिएकबो हल्ला भएपछि सयौं मान्छेहरुको भीड लागेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस