घोराही, ८ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित भ्युडर सहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कविता शर्माले आफ्नो जन्मदिनको अवसरमा छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्नुभएको छ । वडा नम्बर १३ कै बराह क्षेत्र मावि सेवार वनगाउँका १ सय ७० जना छात्राहरुका महिनावारी भएको बखत प्रयोग गर्ने प्याड वितरण गर्नुभएको हो ।

महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा अनुपस्थित हुने दर बढ्दो रहेको पाइएपछि अनमी शर्माले जन्मदिनका अवसरमा प्याड वितरण गरेको बताउनुभयो । विद्यालयका शिक्षिकाहरुले महिनावारी हुँदा विद्यालय नै नजाने र गए पनि बिचमै कक्षा छाड्ने दर बढ्दो रहेको बताएपछि आफू जन्मिएकै दिन छात्राहरुलाई प्याड वितरण गरिएको बताउनुभयो ।महिनावारी समय बढी पेट दुख्ने समस्याहरु पनि देखिएको भन्दै दुखाई कम गर्ने औषधी पनि वितरण गरिएको उहाँको भनाइ छ । अनमी शर्माले विद्यालयका शिक्षिक कमला लम्साललाई ती प्याड प्रदान गरेको र आवस्यकताअनुसार छात्राहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

छात्राहरुको स्वास्थ्य समस्यामा अभिभावक र विद्यालय प्रशासनले यसतर्फ पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिन पनि आफूले जन्मदिनका अवसरमा प्याड र औषधी वितरण गरिएको बताउनुभयो । साथै उहाँले छात्राहरुलाई महिनावारी भएको समयमा ध्यान दिनुपर्ने सरसफाई, प्रयोग गर्ने प्याड र खानपानका विषयमा जानकारी गराउनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस