घोराही, ८ फागुन । पाण्डवेश्वरी धारपानी धामको बृहत विकासका लागि यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको श्रीमद् भागवत ज्ञानमहायज्ञ सफल बनाउन मुल आयोजक समितिले बिहीवार घोराहीमा मोटरसाइकल र्याली गर्ने भएको छ । बिहान ११ बजे कर्मचारी मिलनकेन्द्रदेखि शुरु हुने मोटरसाइकल र्यालीमा सहभागिताका लागि सबैमा अनुरोध गरिएको छ । प्रचारप्रसारका लागि मोटरसाइकल र्याली गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष गणेश कुमार अधिकारीले बताउनुभयो ।
घोराहीको कर्मचारी मिलन केन्द्रदेखि शुरु हुने मोटरसाइकल र्याली जिल्ला प्रशासन, दीपशिखा रोड, रतनपुरचोक, लोहासुर, मिलनचोक, बालमन्दिर, लखनपार्क, आर्मी ब्यारेक, गणेश मन्दिर, नीमाहल, ट्राफिकचोक, सहिदगेट, नेपाल बैंक, न्युरोड, तुलसीपुरचोक हुँदै पुनः कर्मचारी मिलन केन्द्रमा पुगि समापन गरिने भएको छ । आयोजकले उपस्थितका लागि सबैमा अनुरोध गरेको छ ।
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)