काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतकाअनुसार केही समयअघि गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
मन्त्री अधिकारीसहित यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए। त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ। हेलिकप्टरमा अधिकारी र शेर्पासहित ६ जना सवार थिए ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)