दाङ, १५ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको छिल्लीकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नं.को पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुधरासबाट भित्रि संक्राम हुँदै गएको जीप सडकवाट करिव एक सय मिटर तल खसेको थियो ।

जीप दुर्घटना हँुदा जिपमा सवार १० जना मध्य दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने तीन जनालाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेमा सोही वडा बाँसगढी बस्ने जीप चालक १९ बर्षिय लालबहादुर वली र सोही वडाको छिल्लिकोट निवासी ५५ बर्षिय अम्वरबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोट बस्ने ४४ को कर्ण ब. खड्का, लिला ब.खड्का र घोराही– १५ की सपना सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस