घोराही, १५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. २ का विद्यालयहरुमा समुदाय प्रहरी कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडाका गङ्गा मावि रामपुर र जनता मावि बुकामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम अन्तर्गत लागुऔषध नियन्त्रण एवं बालविवाह न्युनीकरण लगायतका विषयमा बालबालिकाहरुलाई प्रशिक्षण दिइएको घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकले प्रशिक्षण दिनुभएको थियो ।वडाका बालबालिकाहरुलाई दुव्र्यसन एवं बालविवाहबाट बचाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । लागुपदार्थ दुव्र्यसन एवं बालविवाह दुवै बालबालिकाको विकासको बाधक भएको बताउँदै उहाँले उनीहरुको चौतर्फी विकासका लागि सहज वातावरण निर्माण गर्ने लक्ष्यका साथ समुदाय प्रहरी कार्यक्रमअन्तर्गत यसखालको कार्यक्रम गरिएको बताउनुभयो ।
अर्कोहप्ता आधारभूत विद्यालय चाक्लिघाट र नवचेतना बोर्डिङ स्कुलमा कार्यक्रम गरिने बताइएको छ । कार्यक्रम वडा अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

