तुलसीपुर, १७ फागुन । दाङको तुलसीपुरस्थित सल्यान रोडमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार भएको छ । सल्यानरोडस्थित टेक्सी समितिको काउन्टरमा बसिरहेको अवस्थामा आएका अपरिचित युवाको समूहले गणेश हमालमाथि तरबार प्रहार गरेको टेक्सी समितिका कार्यालय प्रमुख जीतबहादुर खड्काले जानकारी दिनुभयो ।हमालको टाउको, हात, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । गम्भीर घाइते हमालको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । इलाका प्रहरी कार्यालय र घटना स्थल करिब दुइ सय मिटरको दुरीमा छ ।

दिनदहाडै व्यस्थ सडकमा तरबार प्रहार भएपछि नागरिक त्रसित बनेका छन् । तुलसीपुर उपमहागनरपालिका–४ रक्षाचौर निबासी घाइेत हमाल टेक्सी समितिका कर्मचारी हुनुहुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस