घोराही, १७ फागुन । तुलसीपुरमा  गणेश हमालमाथि तरबार प्रहार भएको पैतालीस मिनेटमै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी नायब उपरीक्षक प्रेमकुमार शाहीको नेतृत्वमा घटना भए लगत्तै परिचालन भएको प्रहरी टोलीले तुलसीपुर–७ निबासी असिम सिङलाई तमाखेको गैराखीजंगलबाट पक्राउ गरेको हो ।

‘घटनाको बारेमा हामीलाई पौने ३ बजे खबर आएको हो, तत्काल मेरो नेतृत्वमा प्रहरी परिचालन भयो’ उपरीक्षक शाहीले भन्नुभयो ‘उनीहरु भागेको तर्फ क्युआर टोलीसहित पछ्याउँदै गयौँ । गैराखाली भन्ने जंगलबाट करिब साढे ३ बजे पक्राउ गरेर ल्यायौँ ।’ घटनामा पाँच जनाको संलग्नता रहेकोले अन्यको खोजी कार्यजारी रहेको प्रहरीले बताएको छ ।

हमालमाथि सल्यानरोडस्थित टेक्सी समितिको काउन्टरमा बसिरहेको अवस्थामा तरबार प्रहार भएको थियो । हमाल तुलसीपुर उपमहागनरपालिका–४ रक्षाचौर निबासी भएको र टेक्सी समितिका कर्मचारी रहेको प्रहरीले जनाएको छ । घाइते हमालकाे अहिले कोहलपुरमा उपचार भइरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस