घोराही, १७ फागुन । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार बर्खास्त भएका छन् । शुक्रबार बसेको प्रतिष्ठानको ४२औँ सिनेटले पदीय दुरुपयोग गरेको आरोपमा उनलाई पदच्युत गरेको हो ।

डा. रौनियारले यस अघि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बोलाएको सिनेट बैठक बहिस्कार गरेका थिए । साथै सिनेट बैठक प्रतिष्ठानको ऐन विपरित भएको भन्दै प्रधानमन्त्री कार्यलयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

सिनेटले शिक्षाध्यक्ष गुरुप्रसाद खनाललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा सहकुलपति तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेट बैठकले भवन निर्माण, उपकरण खरिद, कर्मचारी नियुक्ति लगायतमा पदीय दुरुपयोग गरेर भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गरेको छ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस