तुलसीपुर, २८ फागुन । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिहरू बीच विवाद देखिएको छ। कांग्रेसबाट निर्वाचित नगरका बहुमत वडा अध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका हुन्।

नगरका १९ वडाध्यक्षमध्ये १० जनाले कार्यापालिका बैठकमा नगरप्रमुख घनश्याम पाण्डेले आफूहरूलाई बेवास्ता गरी आफूअनुकूलका निर्णय गरेपछि कार्यपालिका बैठक बहिस्कार गरिएको बताएका छन् ।

तुलसीपुरमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले यस्तो जानकारी गराए ।  ५३ वटा कार्यपालिका बैठक बस्दासम्म नगरको हीतमा हुने निर्णयमा सहयोग गर्दे आएको तर विषयगत सभापतिहरूसँग समन्वय नै नगरी विभिन्न कार्यविधिहरू पेश हुन थाले पछि विरोधमा उत्रिएको तुलसीपुर २ का अध्यक्ष राजु आचार्यले बताए।

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई बैठकको एजेण्डा फरक दिने र बैठक बस्दै गर्दा नयाँ एजेण्डा ल्याएर जबरजस्ती पास गराउन खोजेको आरोप उनहरूले लगाए।

तुलसीपुर उपमहानगरपालिका २ का अध्यक्ष राजु आचार्य, ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह,  ७ का अध्यक्ष टोपबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, ८ का अध्यक्ष बेदबहादुर केसी, १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४ का अध्यक्ष परशुनारायण चौधरी, १७  का अध्यक्ष थलराज पुरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी कार्यपालिका बहिस्कार गरेको जनाएको हुन् ।

तुलसीपुर उपमहानगरपालिकाकाका प्रमुख पाण्डेले १० जना वडाध्यक्षहरूको असन्तुष्टि रहेको स्वीकार गरे। ‘कार्यविधि अध्ययन नगरेर पास गर्ने पछि आएर विरोध गर्न मिल्दैन’, उनले भने ‘कार्यविधिले तोकेका अधिकारमा मात्रै हेरफेर भएको हो।  विरोधको लिखित जानकारी गराइएको छैन। भए कानुन अनुसार जान्छौँ।’

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस