घोराही, १ फागनु । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले देशको संबृद्धी व्यवसायीक कृषीबाटै हुने बताउनुभएको छ । कृषि ज्ञान केन्द्र दाङले बुधबार आयोजना गरेको अभिमुखिकरण गोष्ठीमा बोल्दै प्रदेससभा सदस्य डाँगीले व्यवसायीक कृषिबाटै संबृद्धी ल्याउन सकिने बताउनुभयो ।

कृषिलाई प्रबद्र्धन गर्नकै लागि प्रदेश सरकारले स्मार्ट कृषि गाउँ र करार खेतीको नयाँ योजना अघि सारेका उल्लेख गर्नुभयो । ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका सांसद डाँगीले थोरै समयमा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्ने तर्फ सरकारले ध्यान दिएको बताउनुभयो ।

अब सरकारले उत्पादनमा जोडिने युवाहरुलाई सिप सिकाउने योजना अघि सारेको भन्दै सबैलाई उत्पादनमा जोड्ने दावी गर्नुभयो । त्यसै गरी अर्का प्रदेससभा सदस्य सरस्वती गौतमले कृषिमा देखिएको निराशाको कारण सरकारले पहिचान गरेर आकर्षणको केन्द्र बनाउन लागेको जानकारी दिनुभयो ।

कृषि भूमीहरुमा भैरहेको खण्डीकरणलाई रोक्न सरकार सकृय रहेको बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कृषि देखी युवाहरु टाँढी रहेको भन्दै प्रभावकारी निति र योजना बनाएर अघि बढ्न आबस्यक रहेको बताउनुभयो । सोचमा रहेको यान्त्रीकिकरण, व्यवसायीकरण हुदै वजारीकरणलाई मूर्तरुप दिन कृषकहरुलाई विषेश प्रोत्साहन दिने बताउनुभयो ।

उत्पादनलाई बढाउन कृषकका सोचमा परिबर्तन ल्याउन आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले चालु आर्थिक बर्षका लागि संघ र प्रदेश सरकारबाट दाङ र प्युठानका लागि ९ करोड ४८ लाख ७९ हजार रुपैयाँ बजेट आएको जानकारी दिनुभयो ।

ज्ञान केन्द्रले जिल्लाको भुगोल, उत्पादनको सम्भाबना, हावापानी, कृषकको इच्छालाई आधार बनाएर कार्यक्रमहरु निर्धारण गरेको प्रमुख बस्नेतले बताउनुभयो ।

दाङका ६ र प्युठानमा २ वटा स्मार्ट कृषि गाउँ बनाउनका लागि प्रदेशमा सिफारीस भएको तर टुंगो लागि नसकेको उहाँको भनाई छ । केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण कृषि अर्थ विज्ञ कुसुम भुसालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस