दाङ, १४ माघ । दाङ निर्माण व्यवसायी संघको निर्वाचनबाट ईश्वरबहादुर पुनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संघको सोमबार सम्पन्न नवौँ अधिवेशनबाट पुनको अध्यक्षतामा ८ जना पदाधिकारीसहित १६ सदस्यीय कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा निर्वाचित पुनले ६१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी सुरजप्रसाद गुप्ताले ५७ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमा तीन जनाको उमेदवारी परेको थियो । अध्यक्षका अर्का उमेदवार बलबहादुर चपाईले ८ मत मात्र प्राप्त गर्नुभएको थियो ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा पदमराज शर्मा ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी गोपालप्रसाद घिमिरेले ५४ मत प्राप्त गर्नुभएको थियो । यसैगरी प्रथम उपाध्यक्षमा सुरेशप्रसाद पोखरेल ६४ मतसहित विजयी हुनुभयो । उहाँका निकट प्रतिद्वन्द्वी विकास भुषालले ४५ मत प्राप्त गर्नुभएको थियो भने अर्का उमेद्वार प्रेमबहादुर बाँठाले १५ मत प्राप्त गर्नुभएको थियो ।

द्वितीय उपाध्यक्षमा दुईजनाको उमेद्वारी परेको थियो । जसमा मिनबहादुर घर्ती ७५ मतसहित विजयी हुनुभयो । उहाँका निकट प्रतिद्वन्द्वी भरतनाथ योगीले ४५ मत प्राप्त गर्नुभयो । महासचिवमा शोकबहादुर रोका पुनः निर्वाचित हुनुभयो । यस अघि पनि उहाँ महासचिव हुनुहुन्थ्यो । महासचिवमा निर्वाचित रोकाले ६० मत, अर्का उमेदवार दुर्गा घर्तीले ४६ र विकास पुनले १८ मत प्राप्त गर्नुभएको थियो ।

कोषाध्यक्षमा सुदर्शन श्रेष्ठले ६७ मत प्राप्त गरि विजयी हुनुभयो भने प्रतिद्वन्द्वी हरिवंश दाहालले ५४ मत प्राप्त गर्नुभएको थियो । सचिवमा रमेशकुमार केसी ६४ मत सहित विजयी हुनुभयो । उहाँका निकट प्रतिद्वन्द्वी द्रोर्णबहादुर बहकरीले ४२ मत र अर्का उमेदवार हरिप्रसाद खनालले १४ मत प्राप्त गर्नुभएको थियो । सह कोषाध्यक्षमा निरजकुमार कार्की ६८ मत सहित विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी संजिवकुमार श्रेष्ठले ५२ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन संयोजक कुलबहादुर डाँगीका अनुसार सोमबार अपरान्ह सकिएको मतगणनाबाट प्रकाश केसी ८६, हरिमाया खत्री ८४, रोहित न्यौपानेले ८२, बसन्त कवरले ७०, लक्ष्मण बुढा मगरले ६६, मदनकुमार आचार्यले ६२, शंकरराज गौतमले ६१ र भक्तबहादुर बुढाले ५८ मत प्राप्त गरेर बिजयी हुनुभएको छ ।

निर्वाचनको परिणाम घोषणापछि बोल्दै नवनिर्वाचित अध्यक्ष पुनले सबै निर्माण व्यवसायीलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुनले निर्माण व्यवसायीलाई मर्यादित बनाउनका लागि सबैको भूमिका एवं सहयोग आवश्यक भएको बताउँदै सहयोगका लागि आग्रह समेत गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस