घोराही, १ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उत्पादन र आम्दानीमा जोडिन युवाहरुलाई आग्रह गर्नुभएको छ । बैदेशिक रोजगारीमा लगाउने लगानी स्वदेश मै लगाउन आग्रह गर्दै नगर प्रमुख चौधरीले सिप र ज्ञान दिन उपमहानगर तयार रहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ अटो भिलेजमा रामपुरका दुई युवाले सुरु गरेको राप्ती अटो वर्क सपको बुधबार उद्घाटन गर्दै नगर प्रमुख चौधरीले बैदेशिक सोच त्यागेर आफ्नै ठाउँमा उद्यमशिलता गर्न आग्रह गर्नुभएको हो ।

घोराही २ निमुरियाका कृष्ण केसी र नारायण पौडेलले करिब ४० लाखको लगानीमा वर्कशप स्थापना गरि स्वरोजगार बन्ने अभियानमा लाग्नुभएको छ । सिप, ज्ञान र दक्षतालाई खेर नफाल्न आग्रह गर्दै नगर प्रमुख चौधरीले कुनै न कुनै पेशामा जोडिन युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले सरकारी जागिरलाई मात्रै रोजगार नठान्न आग्रह गर्नुभयो । प्रतिस्पर्धामा रहेने व्यवसायमा गुणस्तरीयता, भरपर्दो, छिटोछरीतो ल्याउनु नै सफलता भएको उहाँको भनाई छ ।

दुई युवाले खोलेको वर्कशपमा स्कारपियो, सुमो, बलेरो सहित साना गाडिहरुका पार्टहरुको बिक्रि, मर्मत र डेन्टीङ पेन्टीङ गरिने बताएका छन् । वर्कशप उद्घाटन कार्यक्रमको सहजिकरण पत्रकार नविन अभिलाषीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस