घोराही, २७ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको १३औं स्मृति दिवसका सन्दर्भमा सोमबार घोराहीमा कार्यक्रम गरिने भएको छ । सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान नेपाल दाङले ‘गणतन्त्र स्थापनामा सहिद उमेशचन्द्र थापाको योगदान’ विषयमा अन्तरक्रिया आयोजना गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष विकिरण गौतमले आइतबार विज्ञप्ति जारी गरेर अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्न स‌ंघीय सांसद एव‌ं नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई आउन थालेको जानकारी दिनुभयो । उहाँले दिउँसो १२ बजे जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ ।

लोकतान्त्रिक आन्दोलनका प्रथम शहिद उमेशचन्द्र थापाको तत्कालिन शाही सरकारले गराउन थालेको कथित स्थानीय निकायको निर्वाचनको क्रममा २०६२ माघ २६ गतेका दिन घोराहीमा हत्या गरिएको थियो । निर्वाचन वहिस्कारको आन्दोलनमा सहभागि हुँदा उहाँमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा कृष्ण गिरी घाइते हुनुभएको थियो । गिरीलाई जिउँदो सहिदका रुपमा सम्मान गर्ने गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस