घोराही, १७ माघ । नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

घोराहीस्थित भरतपुर खेल मैदानमा हुने प्रतियोगीतामा सहभागीता जनाउन नेपाल मगर संघ दाङले सबैमा आग्रह गरेको छ । जिल्लाका खेलाडी मात्रै सहभागी हुने प्रतियोगीतामा सहभागि हुने टिम भने सरकारी निकायमा दर्ता भएको हुनुपर्नेछ । प्रतियोगितामा प्रथम हुने फुटबल क्लबले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।

नकआउट चरणमा हुने प्रतियोगितामा दोस्रो हुने फुटबल क्लबले नगद ५५ हजार ५५५, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने तेस्रो र चौथो हुने फुटबल क्लबले नगद १५/१५ हजार, प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता उपसमितिका सदस्य सचिव नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।

यसैबीच प्रतियोगिता उपसमितिले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी गराएको छ । फुटबल प्रतियोगिता उपसमितिका संयोजक मुक्त बुढा मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोकामगरले शुभकामना दिनुभएको थियो । सदस्य सचिव नरेन्द्र पुनको स्वागत मन्तब्यबाट शुरु भएको पत्रकार सम्मेलनको सञ्चालन सञ्चार संयोजक प्रेमबहादुर राम्जाले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस