विमल याेगी

दाङ, २३ साउन । घाेराही उप-महानगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाकाे आयाेजनामा घाेराहीमा सञ्चालित अनलाइन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी तीनदिने तालिम शनिबार सम्पन्न भएकाे छ । नगर तथा वडामा अनलाइन व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धी कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे थियाे ।
तालिममा सामाजिक सुरक्षा भत्ता ऐन २०७५ मा भएका व्यवस्था, भत्ता वितरण, नवीकरण, घटना दर्ता, संशाेधन, लगत कट्टालगायतका सवालमा देखापरेका समस्या समाधान, नयाँ बनेका नियम कानुनका बारेमा जानकारी दिइएकाे थियाे । तालिमकाे समापन गर्दै घाेराही उप महानगरपालिकाका कार्यकारी अधिकृत ऋषिराम केसीले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभएकाे थियाे ।
तालिममा वडा सचिव तथा सहायक कर्मचारी गरि ४१ जनाकाे सहभागिता रहेकाे छ । साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, पञ्जिकरण शाखा प्रमुख दिवाकर याेगी, एमआइएस अपरेटर विराज अधिकारी, सूचना प्रविधि अधिकृत विमल अग्रहरीलगायतले तालिमकाे सहजीकरण गर्नुभएकाे थियाे ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस