तुलसीपुर, २९ असोज । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले दशैँलाई दशा नबनाउन आग्रह गर्नुभएको छ । हिन्दु नेपालीहरुको महान् चाड बडादशैँको अवसरमा नगरबासीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै नगर प्रमुख पाण्डेले सहज तरिकाले चाडपर्व मनाउन आग्रह गर्नुभएको हो ।

शुभकामना सन्देश व्यक्त गर्दै नगर प्रमुख पाण्डेले सांकृतिक चाडपर्वलाई सहज र लोकतान्त्रिकीकरण बनाउँदै लैजानुपर्ने बताउनुभयो । ‘अर्काले के खायो के लायो भनेर देखासिकि गर्नुभन्दा पनि आफ्नो आर्थिक अवस्था हेरेर दशैँ तिहार मनाउनुस् । आफ्नो घरमा जे छ त्यसैमा रमाउनुस् । चाडपर्वलाई चड्किलो र भड्किलो नबनाउनुस् । जसले गर्दा दशैँ दशा नबनोस्’ नगर प्रमुख पाण्डेले शुभकामना सन्देशमा भन्नुभएको छ ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस