दाङ, २५ वैशाख । दाङ राजधानी जिल्लाबासीको दरिलो सपना एवं चाहना हो । दाङलाई कामकाजी राजधानीकारुपमा छिटो विकास भएको हेर्न चाहन्छन् यहाँका आम जनता ।

कतिपय सर्वसाधारण एवं पार्टीप्रति शुभेच्छा राख्नेहरु आफ्ना अनि ठूला नेताहरुबाट जिल्लाका आवश्यकताका कुराहरु सुन्न, बुझ्न अनि जान्नका लागि कार्यक्रममा सहभागि हुन्छन् । तर आइतबार घोराहीमा मुलुककै प्रधानमन्त्री एवं पूर्व प्रधानमन्त्री सहभागि कार्यक्रममा आएका दङाली जनता दाङ राजधानीको विषयमा र पनि नसुनेपछि निराश एवं खिस्रिक्क भएर फर्किएका छन् । गठवन्धनको तर्फबाट घोराही एवं तुलसीपुरमा आयोजना गरिएको चुनाबी सभामा सर्वसधारणको राम्रै उपथ्थिति थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधान्मन्त्री प्रचण्डको सहभागिता थियो । तर दुःखको कुरा तुलसीपुरमा र घोराहीमा आयोजित सभामा २०÷२० मिनेट जति बोल्नु भएका प्रचण्ड अनि ५÷५ँ मिनेट जति बोल्नु भएका देउवाले दाङ प्रदेशको स्थायी राजधानी तोकिएको र यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा लग्ने विषयमा एक शव्द पनि बोल्नु भएन ।

खासगरी प्रचण्डले बाध्यात्मक अवस्थामा गठवन्धन भएको र यसलाई टिकाउन आवश्यक रहेको विषयमा दोहोराई, तेहेराई भाषण गर्नुभयो । अहिलेको संविधान अनुसार मुलुकमा कुनै एक दलको कहिल्यै सरकार नआउने दाबी गर्दै वर्षौवर्षसम्म गठवन्धन संस्कृतिलाई यथावत राख्नुपर्ने बताउनुभयो । प्रचण्डले आफूहरुको गठवन्धन अग्रगमनको र केपी ओली नेतृत्वको गठवन्धन पश्चगमन खालको भएको टिप्पणी गर्दै ओली गठवन्धन सफल भएमा मुलुकमा राजतन्त्र फर्कने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रचण्डले घोराहीमा माओवादीको तर्फबाट उमेदवार बन्नु भएका हेमराज शर्मा डायमण्डले कठिन घडिमा पनि राजनीति गरेको र कठिन समयमा आफ्नो ज्यान समेत जोगाएको बताउनुभयो ।

‘डायमण्ड कठिन घडिमा राजनीति गरेको मान्छे हो, उहाँले गर्दा कठिन घडिमा मेरो ज्यान जोगिएको छ, उहाँका कारण जनयुद्धमा मेरो ज्यान जोगियो’ प्रचण्डले भन्नुभयो । उता तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले महानगर, उपमहागरमा गठवन्धन संस्कृति लागू गरिएको भएपनि वडावडामा अझै गठवन्धन नभएकोमा दुःख व्यक्त गर्नुभयो । यसैगरी प्रधानन्त्री शेरबहादुर देउवाले गठवन्धन धरापमा परे कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले गठवन्धनलाई बलियो बनाउन अनुरोध गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस