दाङ, १ माघ । नेकपा एमाले दाङले माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले विज्ञप्ति जारी गरेर नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको प्रष्ट पार्दै बढ्दो कोरोना जोखिमलाई मध्यनजर गरेर माघी पर्व मनाउन अनुरोध गरेका छन् । साथै माघी पर्वले मौलिक संस्कृतिको संरक्षण, सवर्द्धन र राष्ट्रिय एकतालाई थप एकतावद्ध गर्न सहयोग पुग्ने अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरेर एमाले दाङले कोरोना संक्रमित भएका नेताहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । पार्टी अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोख्रेल, पोलिटव्यूरो सदस्यहरु सुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, एमाले दाङका सचिव मनोहर बुढाथोकी, खिमबहादुर डाँगी, रचना कुमाल, तारा पुरी, उषा खरेल, तुल्सा पोख्रेल र किरण अधिकारीको स्वास्थ्यलाभको कामना गरिएको छ ।

साथै विज्ञप्तिमा कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्डमा ध्यान दिन सबैमा आग्रह समेत गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस