दाङ, २२ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाले २४औं स्थापना दिवसका अवसरमा रक्तदान गरेको छ । रक्त सञ्चार केन्द्र घोराहीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जना दाताहरुले रक्तदान गरेका थिए ।

उक्त अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, सचिव किरण गौतम, नवराज खत्री, विमल योगी, शिव न्यौपाने, लक्ष्मण भण्डारी, सूर्य विक, टोपेन्द्र रोका मगर, दुर्गा खत्री, शिव घर्ती मगर, ओपेन्द्र बस्नेत, पोषण पण्डित, राहुुल गिरी, अजय डाँगी र शैलेश अधिकारीले रक्तदान गर्नुभएको थियो ।प्रेस चौतारी नेपाल दाङ शाखा अध्यक्ष इन्द्र डिसीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी र प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, युवा संघ नेपालका केन्द्रीय सदस्य गोपाल नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले पत्रकारिता समाजलाई सही मार्गमा लैजान हुनुपर्ने धारणा राखेका थिए । समाज रुपान्तरणको अभियानमा प्रेस चौतारीसँग आबद्ध पत्रकारहरुको भूमिका उल्लेख्य भएको बताउँदै यसलाई अझ सशक्त बनाउनु पर्नेमा वक्ताहरुको जोड थियो । उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस