दाङ, १४ फागुन । महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा सुशीला पौडेल निर्वाचित हुनुभएको छ । सञ्जालको शनिबार घोराहीमा सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

सञ्जाल दाङको उपाध्यक्षमा अनिता पोख्रेल, सचिवमा पद्मा चौधरी, सहसचिवमा स्यानी चौधरी, कोषाध्यक्षमा हरिकला मियाँ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा डिला चौधरी, सुशीला शाह, प्रेमा गैरे, सुशीला आचार्य, आसा नेपाली (वादी) चयन हुनुभएको छ । सञ्जालको विधान अनुसार कार्यसमिति थप समावेशी बनाउन ३ सदस्य पछि थप गर्ने अधिवेशनले निर्णय गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस