दाङ, १४ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी संघले उपकुलपति लामिछानेलाई सम्मान गरेको हो ।

संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपकुलपति डा. लामिछानेले प्रतिष्ठानका सेवा सुविधालाई विस्तार गर्दै लैजाने बताउनुभएको थियो । ‘आफ्नै गाउँठाउँमा स्वास्थ्य क्षेत्रमा सेवा गर्ने अवसर मिलेको छ । मैले आफूले सकेसम्म प्रतिष्ठानको सुविधालाई विस्तार गरेर लैजाने प्रयत्न गर्नेछु’ उपकुलपति डा. लामिछिानेले भन्नुभयो ।

कार्यक्रममा सिद्ध रत्ननाथ मावि नारायणपुरका प्राचार्य उत्तम खनालले नारायणपुर क्षेत्रको स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनुभएको थियो । संघका उपाध्यक्ष तिलक महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव वसन्त न्यौपानेले गर्नभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस