दाङ, १४ फागुन । घोराही उपमहानगरपालिका वडा नं. २ मा अनेम संघ र युवा संघ नेपालका वडा कमिटी गठन गरिएको छ । शनिवार आयोजनामा भएको वडास्तरीय संयुक्त भेलाले गायत्रा खनालको अध्यक्षतामा ३७ सदस्यीय अनेम संघ र रोहन खातिको अध्यक्षतामा ३५ सदस्यीय युवा संघ गठन गरिएको हो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस, माओवादी र जनमोर्चा परित्याग गरी एक दर्जन बढीले एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि चौधरीले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो । वडा कमिटी अध्यक्ष बिपतराम चौधरुकिो अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष राममणि पाण्डे, जिल्ला सदस्य माधव सुवेदी, नगर कमिटी सचिवालय सदस्य तुल्सीराम आचार्य, शरद डिसी, जहेन्द्र प्रसाद चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो ।

वडा कमिटी उपाध्यक्ष द्रोपता सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव प्रकाश न्यौपानेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस