TLC विधिद्धारा पश्चिम नेपालमै पहिलो पटक सफल अप्रेसन

दाङ, २७ फागुन । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ५ की विमला गिरीलाई तल्लो पेट दुख्न थाल्यो । २ वटा छोरा छोरी हुर्काइ सकेर तेस्रो सन्तान कान्छो छोराको जन्मपछि २०६७ सालदेखी उहाँलाई यस्तो समस्याले सताउन थाल्यो । उहाँलाई यही समस्याले ११ वर्षसम्म सतायो ।

उपचारको क्रममा चेकजाँच गर्दा पाठेघरमा घाउ भएकाले पेट दुख्ने गरेको पत्ता लाग्यो । २०६७ सालदेखी उहाँले उपचारकै क्रममा स्थानीय अस्पतालदेखि काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसम्म धाउनु भयो ।

नियमित रुपमा औषधी खानुभयो तर उहाँको स्वास्थ्यमा कुनै सुधार आउन सकेन । यही क्रममा ३८ वर्षिय गिरी घोराहीको बुद्ध हस्पिटलमा पुग्दा अहिले उहाँको सफल उपचार भएको महसुस गर्नुभएको छ ।

पाठेघरको दुखाइबाट ग्रसित हुनुभएकी गिरीले भन्नुभयो,–‘वर्षौदेखि औषधी खाँदा खाँदा थकित भैसकेको थिए । यस्तो हुँदाहुँदै क्यान्सर पो भाइहाल्छ कि भन्ने मनमा अर्काे चिन्ताले सताउँथ्यो । साँझ निद्रा लाग्दैनथ्यो । पाठेघरभित्रको घाउ हेर्न पनि नसक्ने, दुख्ने र सताउने मात्रै हुथ्यो । उपचारको क्रममा काठमाडौंको थापाथलीबाट २ वर्ष औषधी खाएँ ।

सल्यान तथा नेपालगञ्जका अस्पतालसम्म पनि पुगें । त्यसपछि तीन महिना पहिले घोराहीको बुद्ध हस्पिटलमा आइपुगेँ । तीन महिनासम्म पनि औषधी खाएर निको नभएपछि दुर्बिन विधिबाट अप्रेसन गरियो । त्यसपछि अहिले अप्रेसन भएको केही दिनमै सहज महसुस भएको छ–उहाँले भन्नुभयो ।

त्रिवेणी गाउँपालिका वडा नंम्वर ५ को महिला वडा सदस्य समेत रहनुभएकी विमला गिरीको पाठेघरको अप्रेसन टोटल ल्याप्रोसकोपी हिस्ट्रेरिकटोमी ( टिएलएच ) विधिबाट गरिएको हो । यो टोटल ल्याप्रोसकोपी हिसट्रेरिकटोमी विधिबाट पश्चिम नेपालमै पहिलो पटक अप्रेसन गरिएको बुद्ध हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विमला तिवारीको तेतृत्वमा एनेस्थेसिया डा. प्रकाश कार्की, सर्जन रमेश बस्नेत तथा नर्सहरुको सक्रियतामा उहाँको अप्रेसन सफल भएको प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिनुभएको हो ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बिमला तिवरीले दुर्विन विधिबाट अप्रेसन गरेर पाठेघर नै निकालेको पश्चिम नेपालमै पहिलो पटक भएको उहाँले बताउनुभयो । चिरेर गरेको भन्दा ल्याप्रोसकोपी विधिबाट अप्रेसन गर्दा विरामीलाई हुने दुखाइ तथा घाउहरु न्यून हुने उहाँले बताउनुभयो ।

अपरेशनमै करिव ६ घण्टा खर्चिएको उहाँले बताउनुभयो । अप्रेसन गरेको दुई, तिन दिनमै विरामी पहिलेझैं स्वस्थ महशुस हुने उहाँले बताउनुभयो ।

चिरेर अप्रेसन गर्दा यसको तुलनामा पैसा थोरै खर्च भए पनि ल्याप्रोसकोपी र हार्मोनिक प्रविधिबाट अप्रेसन गर्दा विरामीलाई निकै सहज हुने र चाडै निको हुने भएकाले दाङसहित छिमेकी जिल्लाका विरामीहरुका लागि यो विधिको अपरेसन बरदान सावित भएको छ ।

ल्याप्रोसकोपी विधिबाट सफल अप्रेसनपछि गिरी खुशी

औषधी खादाँखाँदा करिव ४ लाख रुपैयाँ खर्च भैसकेको गिरीले बताउनु भयो । अहिले अप्रेसन गर्दा अप्रेसन चार्ज ४५ हजारसहित १ लाख १५ हजार रुपैयाँ मात्रै खर्च भएको थियो । कम खर्चमै सफल उपचार पाउदा अहिले खुशी लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘अप्रसेन भएको आज शुक्रवार ९ दिन भयो । यो ९ दिनमा चिरेर अप्रेसन गरेको भए बेड रेष्ट र अस्पतालमै हुन्थेँ होला ल्याप्रोस्कोपी विधिमार्फत अप्रेसन हुँदा म मज्जाले हिँड्डुल गर्न सक्ने भैसकेँ ।

काठमाडौं लगायतका ठाउँमा उपचारका लागि मान्छेहरु दौडिरहँदा छिमेकी जिल्ला दाङमै सफल उपचार पाउदा निकै खुशी लागेको छ–गिरीले भन्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस