देशका सवै पालिकामा जस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पनि निर्वाचनको माहौल तिव्र बनेको छ । यसपटक पहिलेको भन्दा आफ्नो स्थिति राम्रो बनाएको भन्दै नेकपा एमालेबाट उमेदवार बन्नुभएका विष्णु केसी निर्वाचनमा होमिनुभएको छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिनुभएका केसीसंग निर्वाचन अभियानका बारेमा गरिएको कुराकानी ।

निर्वाचनको अभियान कसरी चलिरहेको छ ?
निर्वाचनको अभियान स्वस्थ, स्वच्छ र मैत्रिपूर्ण रुपमा चलिरहेको छ । निर्वाचनको अभियानलाई हामीले घरदैलो र सभामा केन्द्रित गरेका छौं । निर्वाचनको मिति जति नजिक आउँदैछ त्यति सवैको चासो बढेर गएकोछ । निर्वाचनलाई भयरहित बनाउने, बढी भन्दा बढीलाई मतदानस्थलसम्म ल्याउने, निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारेमा पनि सिकाइरहेका छौं ।

यसपटक के विषय उठाउनुभएको छ ?
विकशित समृद्ध शान्तिनगर, नेकपा एमालेको अभियान भन्ने नाराका साथ हामी जनताको बीचमा गएका छौं । शान्तिनगर प्रचुर सम्भावना बोकेको पालिका हो । यहाँ सम्भावना भएर पनि त्यसको उपयोग हुन सकेको छैन । शान्तिनगर गाउँपालिकालाई नमूना र समृद्ध गाउँपालिका बनाउने मेरो एकमात्र लक्ष्य हो । यस्तै अघिल्लो निर्वाचनमा हामीले अवसर नपाउँदा शान्तिनगर विकास र समृद्धिको दिशामा अघि बढ्न सकेन । गाउँपालिकामा अनेकन समस्याहरु रहेका छन् । स्वास्थ्यको कुरा गर्ने हो भने एउटा अस्पताल छैन । राम्रो विद्यालय छैन । बाटो घाटोको अवस्था अन्य पालिकाभन्दा कमजोर रहेको छ । हामीले यस पटक शान्तिनगर गाउँपालिकालाई कसरी अघि बढाउने भन्ने बारेमा गम्भिर छलफल गरेका छौं ।

सम्भावनाको कुरा गर्नुभयो यहाँ के कस्ता सम्भावना छन् ?
शान्तिनगर गाउँपालिकामा ऐतिहासिक÷सांस्कृतिक÷धार्मिक÷ र पर्या पर्यटनका हिसावले उत्कृष्ठ रहेको छ । यहाँ कृषिको राम्रो सम्भावना रहेको छ । खेतीपातीका लागि राम्रो रहेको छ । फलफूल उत्पादन गर्न सकिने अवस्था छ । पशुपालनका लागि निकै राम्रो रहेको छ । हामीले गाउँपालिकाका तर्फबाट किसानलाई सहयोग गर्न सक्ने हो भने शान्तिनगरमा निकै राम्रो हुने थियो । सिचाईको व्यवस्था गर्न सक्ने हो भने उत्पादन बढाउन सकिन्छ । हामीकहाँ काम गर्छु भन्नेले पनि अवसर पाएका छैनन् । सुविधा पाएका छैनन् ।

शान्तिनगरमा समस्याहरु के कस्ता छन त ?
शान्तिनगर गाउँपालिकामा शिक्षाको अवस्था कमजोर रहेको छ । शिक्षामा लगानी गरिएको छैन । पालिकामा एउटा पनि प्राविधिक शिक्षालय रहेको छैन । स्वास्थ्यको कुरा गर्ने हो भने ठूलो समस्या छ । एउटा राम्रो अस्पताल रहेको छैन । भएको स्वास्थ्य संस्थामा राम्रो सुविधा रहेको छैन । पालिकामा राम्रो स्वास्थ्य संस्था नहुँदा दुःख हुने रहेछ भन्ने कुरा केही बर्ष अघि झाडा पखालाको महामारी फैलिएको कुरालाई लिन सकिन्छ । संचारको कुरा गर्नुहुन्छ भने अहिले गाउँपालिका रहेको क्षेत्रमा फोनले काम गर्दैन । संचारका लागि विभिन्न स्थानमा टावरहरु राख्नुपर्ने छ । विभिन्न गाउँ बस्तीमा विद्युत पुगेको छैन । विद्युत पु¥याउनुपर्नेछ ।

गठवन्धनको कुरा पनि सुनिन्छ यहाँ के अवस्था छ ?
यहाँ गठवन्धन छैन । सवै दलका उमेदवारहरु निर्वाचनको मैदानमा रहेका छन् । पहिलो कुरा गठवन्धन भएपनि हामीलाई केहि फरक पर्नेवाला थिएन । अर्को कुरा यहाँ गठवन्धन नै छैन । यो गठवन्धनको अर्थ पनि छैन । स्थानीय तहको निर्वाचनमा गठवन्धन गरिएको कसैलाई चित्त बुझेको पनि छैन । गठवन्धन भएपनि हामी सामना गर्नेवाला थियौं । यहाँ गठवन्धन छैन । नेकपा एमालेको पक्षमा जनलहर उर्लिएको छ । अरुले के गरेका छन् । कसरी गरेका छन् यो कुरामा हामीले चासो दिएका पनि छैनौ ।

तपाईले जित्ने आधारहरु के छन् ?
शान्तिनगर गाउँपालिकाको विकासका लागि नेकपा एमालेले नेतृत् वगर्न सक्छ भन्ने कुरामा गाउँबासी विश्वस्त हुनुुहुन्छ । विगतमा हामीले जितको परिणाम हासिल गर्न सकेनौं । जसले गर्दा शान्तिनगर विकासका हिसावले पछि प¥यो । शान्तिनगरमा हुनुपर्ने काम भएन । अव हामीले नेतृत्व लिएर शान्तिनगरपालिकालाई तिव्र विकासको गतीमामा अघि बढाउनेछौं । हामी जसरी आम मतदाताको बीचमा गइरहेका छौं त्यहाँ जाँदा हामीले जित हासिल गरिसकेको अवस्था छ । सवैतिर उत्साह छ । उमङ्ग छ । नेकपा एमालेको पक्षमा माहौल रहेको छ । निर्वाचन भएको छैन तर जितिसकेको अवस्था रहेको छ । मतदाताले यति उर्जा हामीलाई दिनुभएको छ कि निर्वाचनको दिन कुर्न मात्रै बाँकी छ ।

शान्तिनगर गाउँपालिकामा विकासका लागि तत्कालै गर्ने काम के छन ?
शान्तिनगरबाट रोल्पा जोडिएको छ । यहाँबाट रोल्पा जोड्ने नाका खोल्न सकियो भने शान्तिनगरको विकासका लागि कोशेढुङ्गा हुन सक्छ । पश्चिम दाङका तीनवटा पालिकामध्य शान्तिनगर गाउँपालिकाको विकासका लागि धेरै काम गर्नुपर्ने छ । तुलसीपुरबाट पश्चिम जाने हो भने शान्तिनगर आउने बाटोमा कुनै खोलामा पुल छैनन् । जनप्रतिनिधिहरुले पहल गरेको भए हुन सक्थ्यो भन्ने हामीलाई लाग्छ । शान्तिनगर गाउँपालिकाको विकासका लागि यहाँका बुद्धिजिविहरु, यहाँका शिक्षकहरु, यहाँको नागरिक समाज सवैसंग मिलेर जाने योजना हाम्रो रहेको छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
शान्तिनगर गाउँपालिका दाङका १० पालिकामध्य पछि परेको पालिका हो । यो पालिकामा गर्नुपर्ने धेरै काम छन् । हामी विकास र समृद्धिको सवालमा शान्तिनगरलाई अघि बढाउन चाहन्छौं । यो अभियानमा सवैलाई जोड्न चाहन्छौं । सञ्चारलाई पनि जोड्न चाहन्छौं । अन्त्यमा आउँदै गरेको निर्वाचनमा नेकपा एमालेलाई विकास र समृद्धिको नेतृत्वका लागि मतदान गर्नुहोस भन्ने आग्रह गर्दछु । विचार राख्न दिनुभएकोमा धन्यवाद दिन्छु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस