तुलसीपुर, २६ वैशाख । तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका क्रममा दाङको ग्वारखोला हुँदै रोल्पा, रुकुम पुग्ने सुरक्षित मार्ग थियो । यही पैदलमार्ग हुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष सहितका कयौँ नेता भारतमा पुग्थे । नेपालमा शान्ति स्थापना भएको करिव १७ वर्ष पुग्दा समेत कुनै बेलाको मध्य दाङको राजधानी छिल्ली बिजौरी हुँदै रोल्पा जोड्ने सडक ट्रयाक खोलिए पनि बाह्रै महिना सञ्चालनमा आउन सम्क्ने अवस्थामा थिएन । यो सडक दाङ र रोल्पा मात्रै होइन रुकुम र प्यूठानको धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्वारीसँग समेत जोडिएको छ ।

विजौरी बाँसगढी हुँदै रोल्पाको रुन्टीगढी र सल्यानको कपुरकोट गाउँपालिका जोड्ने सडक दाङभन्दा पनि रोल्पाकै विवादका कारण सञ्चालनमा समस्या देखिएको छ । दाङ रोल्पा सडकखण्ड बाह्रै महिना सञ्चालनमा ल्याउनका लागि प्रेमनाथ योगीको नेतृत्वमा पटक पटक सडक सर्वे, सम्बन्धित निकायमा ध्यानाकर्षण, स्थलमै पुगेर दुवै पालिकाका नेतृत्वबीच छलफल समन्वय गराउने काम गरियो ।

पटक पटकको छलफल र समन्वय पछि तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रको सडकखण्ड बाह्रै महिना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार गर‍्यो । तुलसीपुर १९ को सुगुंर खोलामा भौतिक पूर्वाधार तयार भयो । अब बाह्रै महिना सडक सञ्चालनमा दाङको क्षेत्रमा कुनै समस्या छैन । प्रेमनाथ योगीकै नेतृत्वमा यस क्षेत्रमा उज्यालो अभियान समेत सुरु भएको छ । यस क्षेत्रमा रात्रीकालीन समयमा सुरक्षाको अनुभूति होओस् र नागरिकलाई हिँड्डुल गर्नका लागि सहज होस् भन्ने उद्देश्यले सोलार सडकबत्ती जडानको काम समेत सुरु भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस