डम्वर खत्री
दंगीशरण गाउँपालिका वडा नं. २ का अध्यक्ष पदका उम्मेदवार नेकपा एमाले

चुनावी तयारी कस्तो छ ?
हामीले घरदैलो कार्यक्रम सकेका छौं । दोहोरयाएर जनताको घरमा पुग्ने र मतदाता शिक्षाका काम समेत हामीले सकेका छौं । त्यतिमात्रै होइन आगामी दिनमा पार्टीले वडा नं. २ को विकासका लागि गर्ने काम, योजना, कार्यक्रमलाई जनतामाझ राखेका छौं । अव व्यक्तिगतरुपमा भेटघाटलगायत चुनावी तयारीका विभिन्न कामहरु गरिरहेका छौं । जनताले पनि हामीलाई यो वडाको विकासका लागि काम गर्न नयाँ अनुहारको आवस्यकता रहेको बताउनुभएको छ । अव चुनावी रयाली गरेर मतदातालाई मत माग्नका लागि सामुहिक अपील गर्ने कार्यक्रम छ । पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीलगायत नेतृत्व आउँदैहुनुहुन्छ ।

तपाईको उम्मेदवारी किन ?
पहिलो कुरा यो वडाको एकीकृत र दिगो विकासका लागि मेरो उम्मेदवारी हो । आज बनाउने २–४ वर्षमा भत्काउनुपर्ने अवस्था नआओस भन्ने कुरालाई मध्यनजर गर्दै टिकाउ र गुणस्तरीय संरचनाको निर्माणका लागि मेरो उम्मेदवारी हो । अर्को कुरा यो वडामा विभिन्न हिसावले हुने अनियमितता, अव्यवस्थालाई अन्त्य गर्दै सुशासनयुक्त वडाकारुपमा विकास गर्न मेरो उम्मेदवारी हो । मलाई दुई पैसाको लोभ छैन । असामाजिक आचारण पनि छैन । सबै पार्टी, सबै वर्ग, धर्म, समुदाय मेरा लागि बरावर हुनुहुन्छ र मैले कतै पनि भेदभाव गर्ने छैन । त्यसो भएर वडाको समग्र विकासका लागि मेरो उम्मेदवारी हो । वडावासीको सेवाका लागि मेरो उम्मेदवारी हो । चाहिएको बेला भेटिने सरकारको रुपमा मैलै स्थापित गर्नेछु ।

के के काम गर्नुहुन्छ त ?
पहिलो कुरा वडा नं. २ कृषिमा आधारित क्षेत्र हो । यहाँ हामी सबै किसानका छोरा छोरी छौं । त्यसो भएर कृषिमा लगानी पहिलो प्राथमिकता हो । किसानको क्षमता अभिवृद्धि गर्न तालिमको व्यवस्थापन गर्ने, मल, विउमा अनुदानको व्यवस्थापन गर्ने, कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने कुरा हाम्रो प्राथमिकता हो । अर्को कुरा यहाँको शैक्षिक गुणस्तरको विकास गर्न मेरो उम्मेदवारी हो । यो वडामा दुईवटा सरकारी विद्यालय छन । सरकारी विद्यालयमा उच्चशिक्षाको पठनपाठनको व्यवस्थापन गर्ने योजना छ । मान्छेका लागि सबै भन्दा महत्वपूर्ण विषय भनेको स्वास्थ्य हो । वडावासीको दीर्घ जीवनका लागि सेवा प्रदान गर्ने योजना छ । ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य जाँच गर्ने कार्यक्रम हामीले ल्याउनेछौं । त्यसैगरी महिला स्वास्थ्य स्वंसेविकाहरुले जसरी नागरिकको स्वास्थ्यका लागि भुमिका खेल्नुभएको उहाँको योगदानलाई कदर गर्दै प्रोत्साहनका कार्यक्रम ल्याइनेछ । अहिले वेरोजगारी समस्या छ । गाउँघरमै स्वरोजगारमा लाग्ने युवाहरुलाई प्रोत्साहनका कार्यक्रम ल्याइनेछ । यहाँको खानेपानी समस्या समाधान गर्न स्रोतको व्यवस्थापन गर्ने, यातायातको सुविधालाई थप प्रभावकारी बनाउने, सडकको स्तरोन्नति, सिंचाईको व्यवस्थापन यावत समस्यालाई सम्वोधन गर्दै वडावासीको समग्र विकास गर्ने योजना हामीसँग छ ।

मतदातालाई केही अपिल छ ?
म फेरि पनि आम वडावासी मतदाताहरुलाई आग्रह गर्न चाहन्छु कि म सधै वडाकै विकासका लागि काम गर्दै आएको छु । यहाँकै दाजुभाई, दिदी वहिनी, बुवा आमाको सुख दुखमा सँगै रहेर सेवा खटिदै आएको छु । मैले कसैलाई आग्रह पुर्वाग्रह व्यवहार गरेको पनि छैन । गर्ने पनि छैन । मलाई जनप्रतिनिधि भएर कमाउनु पनि छैन । खेति किसान गरेर खाने स्तरका मान्छे हौ हामी । त्यसो भएर वडाको नेतृत्व गरेर अझै वडावासीको सेवा गर्ने जिम्मेवारीका लागि अघि सरेको छु । त्यो जिम्मेवारी बोकाउने काम यहाँहरुले गर्नुहुनेछ । म सधै तपाईहरुको सेबक भएर काम गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस