दाङ, ७ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को अध्यक्षमा धर्मराज वली विजयी हुनुभएको छ । नेकपा एमालेका तर्फबाट उम्मेद्वार बन्नुभएका वलीसहित महिला सदस्यमा सुमीत्रा चौधरी, दलित महिला सदस्यमा नीमा सार्की, खुला सदस्यमा तुलप्रसाद खराल र हस्त बहादुर विक विजयी हुनुभएको छ ।

मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ । हालसम्म मतगणना सकिएका वडामध्ये एमाललेले २,३,६ र ८ गरी ४ वटा, नेपाली काँग्रेसले ५ नं. वडा र माओवादीले १ र ४ नं. वडामा जित हात पारेका छन् ।

प्रमुख र उपप्रमुखमा पनि एमालेका उम्मेद्वार टीकाराम खड्का र स्यानी चौधरीको अग्रता कायमै छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस