दाङ, ८ कार्तिक । नेकपा एमाले दाङले घोराही उपमहानगरपालिका–१५ उमेशमार्गमा भएको आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै पीडितलाई तत्काल क्षतिपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति जारी गरी घटनाकापीडितलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग क्षतिपूर्तिको माग गर्नुभएको हो । न्यू दाजुभाई फर्निचर, दाजुभाई फर्निचर र स्टार फर्निचरमा कार्तिक ७ गते राति भएको आगलागीले ठूलो क्षति भएकोमा दुख व्यक्त गर्दै पीडितहरु रुपनारायण ठाकुर तेजनारायण ठाकुर, महेश ठाकुर र रामेश्वर ठाकुरलाई क्षतिपूर्ति उपलव्ध गराउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ–आगलागीबाट हुन गएको क्षतिको यथार्थ मुल्याङकन गरी यथाशिघ्र उचित क्षतिपूर्ति उपलव्ध गराउन नेपाल सकार, स्थानीय सरकारलगायत सबै निकायलाई नेकपा एमाले दाङ अनुरोध गर्दछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस