घोराही, १२ कार्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले गठवन्धन सरकार किसानको समस्यामा बेखवर भएर बसेको बताउनु भएको छ ।

नेकपा एमाले घोराही–८ ले जलौरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले किसानलाई समस्या पर्दा गठवन्धन सरकार सुतेर बसेको बताउनुभएको हो । धान रोप्ने बेला किसानले मल नपाउदा कालोबजारीमा किन्नुपर्ने वाध्यता भयो । अहिले तोरीको सिजन छ अहिले पनि पर्याप्त मल छैन । केही समयमै गहुँ छर्ने बेला आउँदैछ किसानले अनुदानको मल पाउने अवस्था छैन पोख्रेलले भन्नुभयो– यो अवस्थाले गठवन्धन सरकार किसानको समस्याप्रति गम्भीर छ भन्ने कुरा भनिरहनु पर्दैन । गठवन्धन केवल सत्ताको भागवण्डामै भुलेको छ ।

केपी ओली नेतृत्वको सरकारले ठेकेदारले मल नल्याउँदा पनि बंगलादेशलगायतका छिमेकी देशका प्रधानमन्त्रीसँग सिधै कुरा गरेर किसानलाई समयमै मल उपलव्ध गराएको स्मरण गराउँदै पोख्रेलले गठवन्धन सरकारले त्यति काम गर्न नसक्नु किसानप्रतिको उसको चासो चिन्ता नभएर समस्या आएको बताउनुभयो ।

महासचिव पोख्रेलले किसानमात्रै होइन आम नेपालीको भविष्यप्रति गठवन्धन जिम्मेवार हुनै नसक्ने बताउनुभयो । कसरी गठवन्धन जोगाउने र बाडेर खाने भन्नेमै ध्यान छ । किसान, पेशाकर्मी, व्यवसायीलगायतको समस्याप्रति उसलाई ध्यान छैन पोख्रेलले भन्नुभयो– गठवन्धन लुछाचुडीमै देशलाई थप कमजोर बनाउने दिशामा अघि बढ्दैछ । यो आम नेपालीको भविष्यमा असर पु¥याउने कुरा हो । उहाँले गठवन्धनको लक्ष्य एमालेविरुद्ध लाग्नेमात्रै रहेको बताउनुभयो ।

गठवन्धनको ध्येय एमालेलाई जित्न नदिने हो । तर एमाले देश बनाउने लक्ष्यका साथ अघि बढेको छ पोख्रेलले भन्नुभयो– समृद्ध देश, सुखी नेपालीको अभियानलाई सफल बनाउन आम मतदाताहरुको साथ एमालेलाई आइसकेको छ । उहाँले एमालेले जित्दामात्रै देश र जनताले जित्ने समेत बताउनुभयो । एमालेले जित्दा देशले जित्छ । गठवन्धनले जित्दा देशले हार्छ । एमालेले जित्दा जनताले जित्छ । एमालेले हार्दा जनताको हार्छ दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले भन्नुभयो– देशले पनि जित्ने, जनताले पनि जित्ने र समृद्ध देश बनाउन एमालेले जित्नुपर्छ ।

उहाँले जनताले पत्याएको पार्टीलाई नै सरकारको नेतृत्व गर्ने अधिकार हुने भन्दै परमादेशबाट बनेको सरकारको विदा गर्ने बेला आइसकेको बताउनुभयो । जनताले एमालेलाई सरकारमा पठाए । तर जवरजस्ती परमादेशले हटाउने काम भयो पोख्रेलले भन्नुभयो– मंसिर ४ परमादेशी सरकारको विदाई र जनताको सरकार बनाएर बदला लिने अवसर मतदातामाझ आएको छ । पोख्रेलले परमादेशी सरकार नहटाए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो ।

एमालेले नेतृत्व छोड्दा ४ प्रतिशतको मुल्यवृद्धि घटाउनुको साटो अझै बढेर ८ प्रतिशतमा पु¥याएको, १२ महिनालाई बस्तु तथा सेवा खरीद गर्न पुग्ने वैदेशिक मुद्रा सञ्चिति १४ महिनामै दोब्बर घटाएर ६ महिनालाई मात्रै पुग्ने अवस्थामा झारेको छ महासचिव पोख्रेलले भन्नुभयो– यदी मंसिर ४ मा गठवन्धन सरकारलाई फाल्न सकिएन भने देश टाट पल्टिने अवस्थामा पु¥याइदैछ । वैंकमा पैसा छैन । यस्तो अवस्था आउन नदिन गठवन्धन सरकारको विदाई अपरिहार्य छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस