घाेराही, १८ कात्तिक । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार कक्षा १ देखि १० सम्मका छात्रछात्राहरुबिच तहगत अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियाेगिता र पूर्वप्राथमिक तहकाे कक्षागत चकलेट दाैड प्रतियाेगिताहरु सम्पन्न भएका छन् ।

कक्षा ६ देखि १० सम्मकाे अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा ग्रिन हाउसका अनुप चाैधरी, गरिमा कार्की, सुमन केसी, तेजेन्द्र न्याैपाने र प्रणित रिजाल प्रथम भएका छन् भने रेड हाउसका बेगम बिक, निशा भण्डारी, प्रवेश वली, अदिति केसी र एन्जल भुसाल द्वितीय भएका छन् ।

यसैगरी, कक्षा १ देखि ५ सम्मकाे अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा एल्लाे हाउसका खगेन्द्र थापा, समिर नेपाली, सदिक्षा भण्डारी, प्रिन्सा वली र रितु जिएम् प्रथम भएका छन् भने रेड हाउसका अस्मिता चाैधरी, दिक्षा केसी, राधिका बुढा, इच्छा थापा र कृष्टिना बेलबासे द्वितीय भएका छन् ।पूर्व प्राथमिक तहकाे कक्षागत चकलेट दाैड प्रतियोगिता अन्तर्गत कक्षा नर्सरीमा रिशभ केसी प्रथम, पारस नेपाली द्वितीय र बर्षात गिरि तृतीय भएकाछन् । एल्. के.जी.(ख)काे चकलेट दाैड प्रतियोगितामा एडिसन केसी प्रथम, असिम नेपाली द्वितीय र दिपेश मगर तृतीय भएका छन् । उक्त चकलेट दाैड प्रतियोगितामा कक्षा एल्.के.जी. (क) का कृति शाह प्रथम, सुप्रिम चाैधरी द्वितीय र फेमश चाैधरी तृतीय भएका छन् भने कक्षा युकेजीमा सन्देश चाैधरी प्रथम, सम्राट सुनार द्वितीय र प्रियाङ्का वली तृतीय भएका छन् ।

प्रतियोगिताका विजय प्रतियाेगिहरुलाई पुरस्कार वितरण गरिएकाे थियाे भने हाजिरीजवाफ प्रतियोगिताका क्विज मास्टरहरु शिक्षकद्वय बसन्त डाँगी र प्रिन्सु चाैधरी रहनुभएकाे थियाे ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस