कृष्ण लहरे

दाङ, १६ वैशाख । नेकपा एमाले घाेराही उपम‌हानगरपालिका वडा नम्बर १० काे चुनावी प्रचार प्रसार तथा उमेदवार सहितकाे घरदैलाे कार्यक्रम तीव्र पारिएको छ । नेकपा एमाले घाेराही १० का अध्यक्ष तथा चुनावी (कमान्डर) तिलक महरा को कमाण्डमा प्रचारप्रसार अगाडि बढेको छ ।

नेकपा एमाले घोराहि १० का अध्यक्ष पदका उमेदवार सुदन के.सी‍. सदस्यहरु मनकलाल चौधरी, मान बहादुर जिसि, केसरि बिष्ट र हरिकला बिक सहित सयौं जना एमाले मा आस्था राख्ने नेता तथा नेकपा एमालेका कायकर्ताहरु आज उद्योग वाणिज्य संघ टोलमा गई नेकपा एमालेले आजसम्म गरेका काम र जित पश्चात गर्ने विभिन्न कामका बारेमा जनतालाई बुझाउनु भयकाे छ र ती कामहरु पुरा गर्न नेकपा एमालेकाे सुर्य चिन्हमा मतदान गरि अत्याधिक मतले जिताउन अनुराेध गर्नुभएको छ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस