दाङ । लमही नगरपालिका– १ को वडा अध्यक्षका माओवादी उम्मेदवार घनश्याम खनालले चुनावी घरदैलोका क्रममा वृद्धावृद्धालाई रकम दिएको तस्बिर सार्वजनिक भएको छ । तर उम्मेदवार खनालले भने आफूले भाेट मागेको तर पैसा नदिएको बताएका छन् ।

तस्बिरमा खनालले सुनडबरीका महिलालाई पैसा दिएको देखिन्छ । उनले पाँच सयदेखि एक हजार रूपैयाँसम्म मतदातालाई दिएको एक स्थानीयले बताए ।

यो वडामा सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा छन् ।


-नेपाल प्रेस

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस