प्रकाश खनाल, लमही । बैशाख ३० गते हुन गईरहेको निर्वाचनले लमहीको माहोल तातेको छ । आईतबार लमही ८ भौकामा चर्चित अभिनेत्री करिष्मा मानन्धर पुगेपछि लमहीकै चुनावी माहोल तातेको हो ।

लमही नगरपालिकामा मुख्य राजनैतिक दलको छुट्टाछुट्टै चुनावी प्रतिष्पर्धा भए पनि पछिल्लो समयमा एमाले प्रतिको जनलहर व्यापक बन्दै गएको देखिएको छ ।

राजनैतिक सिद्धान्तलाई पाखा लगाएर व्यक्तिगत स्वार्थको गठबन्धनको असर लमहीमा पनि परेको र लमहीमा गठबन्धन सिद्धान्त नमिलेर भन्दा नि भागवण्डा नमिलेर भत्किएको जानकारहरु बताउँछन ।

लमहीमा चर्चित अभिनेत्री करिष्मा मानन्धर मानन्धरले एमालेको चुनावी सभालाई सम्वोधन गर्दै देशनै एमालेमय भएको बताउँदै गठबन्धन अत्तालिएको बताउनसभएको थियो । सभालाई एमालेका अन्य नेताले पनि सम्बोधन गर्नुभएको थियो

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस