दाङ २५ वैशाख । प्रचण्ड जहाँ गएर उत्साहित भएर भाषण गर्छन्, उनले मतदातालाई निराश बनाएर पठाउने गरेका छन् । आइतबार घोराहीमा भएको सभामा प्रचण्डले निधक्र्क भएर आफूहरुको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयर पदका उमेदवार हेमराज शर्मा डायमण्डलाई जनयुद्ध कालका विशेष कमाण्डरकारुपमा बोल्दाबोल्दै घोषणा गरेका छन् ।

बोल्नेक्रममा प्रचण्डले यहाँसम्म बोलेकी ‘डायमण्ड राजनीतिमा रिन्तरण लागेको व्यक्ति हो, कठिन घडिमा पनि उहाँले राजनीति गर्नुभयो, जनयुद्धको कठिन समयमा उहाँकै कारण मेरो ज्यान जोगिएको हो ।’

प्रचण्डको यो भाषण सुनेर कांग्रेस समर्थित मतदाताहरुले जनयुद्धको कहालि लाग्दो पीडा सम्झिए, कतिले जिब्रो टोके त कोही मुखामुख गर्दै थिए । दाङ जनयुद्धको समयमा माओवादीले राजधानी घोषणा गरेको ठाउँ हो ।

जनयुद्धबाट लाखौलाख मानिसहरु यहाँ प्रभावित छन् । जनयुद्धको प्रभावमा थिचिएका कारण अहिले पनि कांग्रेसका हजारौ समर्थक, कार्यकर्ताहरु यहाँ भएको गठवन्धनको पक्षमा खुलेर लाग्न सकेका छैनन् । यस्तो समयमा प्रचण्डले मेयर पदका उमेदवारले नै जनयुद्धको कठिन समयमा आफ्नो ज्यान जोगएको भन्ने भनाइ ठूलो स्वरमा राखेपछि घोराहीका मतदाताहरु थप बिच्किएका छन् ।

कार्यक्रममा उत्साहित भएर सहभागि भएका कांग्रेस समर्थित अधिकांश कार्यकर्ता अनि मतदाताहरुमा प्रचण्डको यो भनाइले निराशा थपेको छ । चितवनमा गएर रेनुलाई भोट नहाले दुर्घटना हुन्छ भन्ने भनाइ सभामा दिएपछि यतिबेला चितवनका कांग्रेस कार्यकर्ताहरु खुलेआम रेणुको विपक्षमा उभिएका छन् । जुन सामाजिक सञ्जालहरुमा समेत देख्न सकिन्छ । दाङमा माहोल बनाउन आएका प्रचण्डले खराब अभिव्यक्ति दिएका कारण यसको असर मतदानमा पर्ने विश्लेषकहरुको भनाइ छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस