घोराही, २७ वैशाख । नेकपा एमाले तुलसीपुर उमहागरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष पदका उमेदवार लबरु चौधरीको निधनप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले चौधरीको निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

यसैबीच नेकपा एमाले दाङले नेता चौधरीको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति जारी गरी उमेदवार चौधरीको निधनमा सिंगो पार्टी दुःखी भएको र उहाँको श्रद्धाञ्जलीमा एमालेले जिल्लाभर आयोजना गर्ने कार्यक्रममा सुरुमै एकमिनेट मौनधारण गरिने उल्लेख छ ।

यता नेकपा एमाले दाङ प्रचार विभागले पनि चौधरीको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रचार विभाग प्रमुख सविन प्रियासनले विज्ञप्ति जारी गरी चौधरीको निधनलाई शक्तिमा रुपान्तरण गरि पार्टी पंक्ति अगाडि बढ्नुपर्ने उल्लेख छ । उहाँको निधनप्रति एमालेका सबैजसो जनसंगठन, नेता, कार्यकर्ताहरुले आ–आफ्नो तरिकाले सामाजिक सञ्जालमा समेत दुःख व्यक्त गरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस