दंगीशरण । दंगीशरण गाउँपालिकामा विभिन्न ठाउँहरुमा आज ¥याली सहितको चुनावि सभा संगै शक्ति प्रदशन गरेको छन् । मौन अवधि सुरु हुनुपूर्व नेकपा एमाले दंगीशरण गाउँपालिकाका ७ वटै वडाले नाचगान सहितको विशाल ¥याली सहितको शक्ति प्रदशन गरेको हो ।

आज ७ वटै वडाबाट ठुलो जनमानसहरुको सहभागिता, दर्जनौँ अटो, सयौँ बाईक ,गाडिहरु सहितको ¥याली दंगीशरण परिक्रमा गरेको थियो । पानी, हावाहुरीले छेक्न नसकेको विशाल ¥याली सात वटै वडाका विभीन्न ठाउँमा गएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्धार मेघनाथ शाह एमएनले दंगीशरणको विकास यहाँका नागरीकहरुको जिवन स्तरलाइृ माथी उठाउँन आफनो नेतृत्वको प्यानल सधैँ जनताको साथ सहयोग सल्लाह मार्फत अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

‘म विपन्न वर्गको मान्छे हो, त्यसैले दंगीशरणका हरेक नागरीकहरुलाई उधमशिल बनाउँने मेरो योजना छ । एक वडा एक उधम बनाउँने मेरो संकल्प रहनेछ । तपाई ढुक्क हुनुहोस् म बोलेर भन्दा पनि काम गरेर देखाउँने ब्यक्ति हो । तपाईको अमुल्य भोटको म सदैव कदर गर्ने प्रतिवद्धता दिन चाहन्छु ।’

कार्यक्रममा उपाध्यक्ष बुधनी चौधरी विजया, वडा न।१ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, २ का डम्बर खत्री, ३ का तक बहादुर चौधरी, ४ का कमल चौधरी, ५ का निरज बस्नेत, ६ का लिलाधार वली, ७ का रेसम वली , प्रदेश सांसद धमकली चौधरी, नेकपा एमाले गाउँपालिका पूर्व अध्यक्ष भरत अधिकारी नेकपा एमाले दंगीशरण ईञ्चार्ज भागिराम चौधरी लगाएतले सभालाई सम्बोधन गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस