‘जुन जग्गामा मेला, महोत्सव, सभा हुने गरेका थियो । २०७२ सालको भुकम्प आएपछि उक्त ठाउँलाई बजार क्षेत्रका नागरिकले आश्रय स्थलको रुपमा समेत प्रयोग गरेका थिए । तर त्यही खुल्ला सार्वजनिक जग्गा गठबन्धनकै उम्मेद्वारहरुले नै मासेका छन् । खाद्य संस्थानको सार्वजनिक जग्गा कौडिको भाउमा गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले लिजमा लिएर व्यापारिक सटर निर्माण गरेका छन् । त्यसमा गठबन्धनबाट घोराही मेयर पदका उमेदवार हेमराज शर्मा ‘डायमण्ड’को समेत शेयर छ ।’

दाङ २७ वैशाख ।
जिल्लाको सदरमुकाम क्षेत्र हो, घोराही बजार । त्यही बजारको विच भागमा थियो, खाद्य संस्थानको जग्गा । जुन जग्गामा मेला, महोत्सव, सभा हुने गरेका थिए ।

२०७२ सालको भुकम्प आएपछि उक्त ठाउँलाई बजार क्षेत्रका नागरिकले आश्रय स्थलको रुपमा समेत प्रयोग गरेका थिए । तर त्यही खुल्ला सार्वजनिक जग्गा गठबन्धनकै उम्मेद्वारहरुबाट नै मास्ने काम भएको छ । घोराहीको खुला क्षेत्रकारुपमा रहेको खालि खाद्य संस्थानको सार्वजनिक जग्गा कौडिको भाउमा गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले लिजमा लिएर व्यापारिक सटर निर्माण गरेका छन् ।

घोराही १५ का तत्कालिन वडा अध्यक्ष तथा वर्तमान समयमा वडा अध्यक्ष पदका उम्मेद्वार रमेशकुमार पाण्डेको सिफारिसमा नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेताहरुले उक्त खुल्ला क्षेत्र मासेर व्यवसायिक भवन निर्माण गरेका छन् । यसमा अहिले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट घोराहीको मेयर पदका उम्मेद्वार बनेका हेमराज शर्मा पोख्रेल ‘डायमण्ड’को समेत मुख्य भुमिका छ ।

उमेद्वार ‘डायमण्ड’को समेत त्यसमा शेर भएको स्वय माओवादीका नेताहरु समेत बताउँछन् । श्रोतका अनुसार नेकपा माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्यको पनि शेयर छ । घोराहीका जनता कुनै प्राकृतिक विपत्ती आएमा आश्रय लिने खुला स्थान रहेको एकमात्र घोराही १५ को सार्वजनिक जग्गा लिजमा दिदा भविष्यमा हुन सक्ने विपत्तीमा आश्रय लिनलाई समस्या देखिएको छ ।

खाद्य संस्थानको सार्वजनिक जग्गा ब्यापारका लागि गठबन्धन दलका जिल्लाका प्रमुख नेता नेकपा माओवादी केन्द्र दाङका सचिव विश्व आचार्यले एक कम्पनी मार्फत् हुदै उक्त जग्गा लिजमा लिएका छन् । घोराहीमा खुला क्षेत्रको अभाव भइरहेको समयमा खालि रहेको जग्गा त्यत्तिबेला तत्कालिन घोराही १५ का वडा अध्यक्ष पाण्डेको लापरबाही र मनोमानीका साथै नेकपा माओवादी केन्द्रका नेताहरुलाई सेटिङमा लिजमा दिईएको थियो ।

जग्गाको क्षेत्रफल १५ कट्ठा १४ धुर छ । टेण्डर गरेर दिएको भएतापनि न्युन मुल्यमा उक्त जग्गा दिएको छ । बजार क्षेत्रको सावर्जनिक जग्गा लिजमा दिएर व्यवसायीक सटर निर्माण गरेपछि त्यो बेला घोराही १५ का वडाध्यक्ष पाण्डे, नेकपा माओवादी केन्द्रका नेताहरुको नागरिकस्तरबाट व्यापक आलोचना भएको थियो ।

उक्त क्षेत्रमा संरचना बनाउन नगरपालिकाले स्विकृत दिएको छैन । उपमहानगरपालिकाको सहमति वेगर नै संरचना निर्माण भएका हुन । संरचना निर्माणको लागि नगरपालिकाले सहमति नदिएपछि वडाले रोक्न सक्ने प्रशस्त आधार थियो । तर त्यसतर्फ वडा कार्यालयले कुनै चासो देखाउन सकेन ।

बरु संचरना बनाउँदा आन्तरिक रुपमा साथ नै दियो । खाद्य संस्थानको सार्वजनिक जग्गालाई घोराहीको खुला क्षेत्रको रुपमा विकास गर्ने घोराही उपमहानगरपालिकाको कार्यपालिकाले निर्णय गरेर केन्द्रमा पहल गर्ने निर्णय गरेको थियो । तर घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डे नेतृत्वको वडा कार्य समितिवाट खुल्ला क्षेत्रलाई मास्ने गरेर ब्यवसायिक भवनहरु बनाउने गरेर लिजमा दिने सिफारिस गरेको श्रोतले बताएको छ ।

खाली जग्गामा संरचना बनेपछि मेला महोत्सव, सभा लागि प्रयोग हुने जग्गा पनि घोराहीमा नपाइने अवस्था सिर्जना भएको छ । विपदका बेला काम लाग्ने बजारी क्षेत्रको खुल्ला क्षेत्रका रुपमा लिईएको क्षेत्र मासिदा घोराही १५ बासी कांग्रेसका वडा अध्यक्ष पाण्डे र जग्गा लिजमा लिने नेकपा माओवादी पार्टीका नेताप्रति रुष्ट छन् । तत्कालिन दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष नारायण भुसालले सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा घोराहीको खुला क्षेत्र लिजमा दिनु राम्रो कुरा नभएको भन्दै उनले त्यसबेला विरोध गरेका थिए ।

प्राकृतिक विपत्ती आइपर्दा नागरीकहरुलाई बजार क्षेत्रमा खुला क्षेत्र हुनुपर्नेमा सार्वजनिक जग्गा नै लिजमा दिनु गलत भएको नागरिक समाज दाङका तत्कालिन संयोजक चन्द्रराज पन्थले पनि त्यतिबेला यो विषयमा गम्भिर ध्यान आकर्षण गराएका थिए । घोराही १५ का निर्वतमान वडा अध्यक्ष तथा वर्तमान अध्यक्ष पदका उम्मेद्वार रमेश पाण्डेले आफ्नो वडामा पर्ने सार्वजनिक खुल्ला जग्गा संरक्षण गर्न नसकेकै कारणले वडाध्यक्ष उमेद्वार पाण्डेसँगै गठबन्धनका मेयर र उपमेयरका उमेद्वारलाई यो चुनाव मंहगो पर्ने बजारबासीहरु बताउँछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस