दाङ, ८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) निकट वुद्धिजीवी परिषद्का लुम्बिनी प्रदेस सदस्य विष्णु बञ्जाडे एमालेमै फर्किनु भएको छ ।

पद्मोदय र दाङभ्याली कलेजमा अध्यापन गर्ने बञ्जाडेले पार्टी विभाजन हुँदा छुट्टीए पनि वास्तविक नेतृत्वको पहिचान गरेर फेरि एमालेमै समाहित भएको बताउनुभयो । बञ्जाडेलाई एमाले महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले स्वागत गर्नुभएको थियो । उहाँले पार्टीले दिने क्षेत्रगत जिम्मेवारीमा खटिने बताउनुभयो । यसअघि घोराही उपमनपा–८ मा ८ जना युवाहरुलाई एमाले प्रवेश गरेका थिए ।

नारायण वली, सुवास परियार, भिमराज गिरी, करण विक, दीपक विक, लिलबहादुर विक, राहुल विक र कमल विकलाई महासचिव पोख्रेलले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस