नेकपा एमाले दाङले सरकारी सेवा अवरुद्ध गरेर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कामाथि दुव्र्यवहार गर्ने व्यवासीयहरुको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा एमाले दाङका अध्यक्ष हुकमु बस्नेत र सचिव मनोहर बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट स्थानीय सरकारको सेवा अवरुद्ध गराउने र उल्टै उपमहानगर प्रमुखमाथि विभिन्न खालका वालपेन्टिङ गरेर दुव्र्यवहार गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो । मेला महोत्सवको विषयलाई लिएर समग्र पालिकाको सेवा प्रवाहलाई ठप्प पार्ने र नगर प्रमुख विरुद्ध वालपेन्टिङ गर्ने उद्योग वाणिज्य संघको कार्यप्रति घोर आपत्ति प्रकट गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

साथै तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष मानबहादुर रावत र १८ का अध्यक्ष माधव वलीलाई जोडेर व्यवसायीमाथि हातपात भएको भन्ने भ्रमपूर्ण सूचना फैलाउने काम भएको उल्लेख गर्दै एमाले दाङले स्थानीय सरकारको सेवा रोक्ने र जनप्रतिनिधिमाथि भएको दुव्र्यवहारलाई ढाकछोप गर्न गलत सूचना फैल्याइएको बताएको छ । यस्ता गलत क्रियाकलापमा संलग्नहरुलाई कारवाही गर्न एमाले दाङले स्थानीय प्रशासनसँग माग समेत गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस